‘मेरो परिभाषामा राजनीतिमा बेइमानी छैन र गर्दिन’ ः ओली

ललितपूर / नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्रि केपी शर्मा ओलीले राजनीतिमा आफ्नो परिभाषामा बेइमानी भन्ने शव्द नभएको बताएका छन् ।
बोडगाउ ललितपुरमा आज आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराइको ९४ औं जन्मोत्सव कार्यक्रममा बोल्दै नेता ओलीले आफुले अब सम्पूर्ण इमानका साथ काम गर्ने बेइमानी नगर्ने बताएका हुन् ।

उनले भने ‘मेरो परिभाषामा राजनीतिमा बेइमानी छैन बरु मेरो आयु, ज्ञान, क्षमता सिधिन्छ भने सिदियोस् तर बेइमानी गर्दिन ।’ सन्त नेता किसुन जी प्रति गहिरो प्रेमभाव भएको बताउदै ओलीले उहाँलाई समयको महत्व बुझ्ने दार्शनिक महारथीको रुपमा आफुले बुझेको बताए ।

भने, ‘कतै दम्भ देखाउनु छैन । न दम्भ देखाउने न कुलघरानाको हुँ । हलीको छोरा हुँ, आफैं गोठालो हुँ ।’

एमाले अध्यक्ष ओलीले अबको समय हाम्रा कमी कमजोरीलाई पन्छाएर विकास निर्माणमा लाग्ने भएकोमा जोड दिए । यो दोषारोपण गर्ने समय नभएको उनको भनाइ छ । किसुनजीको सम्झना गर्दै ओलीले भने ‘कृष्णप्रसाद भट्टराई अत्यन्तै कष्टपूर्ण समयमा जन्मिएको नेता हो तर उहाँले कस्तो युगमा जन्मिए चनेर कहिल्यै सराप्नु भएन बरु यस ठाँउलाई बदल्नुपर्छ भनेर लाग्नुभो ।’
ओलीले समाजको चेतनास्तर बुझेर मात्र बोल्ने नेता भट्टराइ भएको स्मरण गरे ।