शिक्षक साकोशको तीन समिति विस्तार

आर्थिक समाचार सहकारी स्थानीय

तोपगाछी झापा / शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि (शिक्षक साकोश) झापाले जिल्लाका तीनवटा स्थानीय तहमा आफ्नो समिति विस्तार गरेको छ ।
यसअघि संस्थाले जिल्लाका नगरपालिका र गाउँपालिकमा समिति विस्तार गरेको थियो । संस्थाका अध्यक्ष नारायणप्रसाद गौतमका अनुसार जिल्लाका दक्षिणी क्षेत्र हल्दीवारी, कचनकवल र झापा गाउँपालिकामा समिति विस्तार गरेको हो ।

भिमप्रसाद उप्रेतीको संयोजकत्वमा गठित ५ सदस्यीय शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि (शिक्षक साकोश) हल्दीवारी गाउँ समितिको सदस्यमा दिलकुमारी मेचे, इन्दिरा ढकाल, रामप्रसाद पराजुली र उमेश पौडेल छन् ।

कचनकवल गाउँपालिकामा सम्पन्न सो संस्थाका सदस्यहरुको भेलाले तिलकुमार थापाको संयोजकत्वमा ५ सदस्यीय शिक्षक हीत बचत तथा ऋण सहकारी संस्था लि (शिक्षक साकोश) कचनकवल गाउँ समिति सर्वसम्मत चयन गरेको छ । समितिको सदस्यहरुमा राजकुमार राजवंशी, देवीप्रसाद वराल, योगमाया लिम्बू र कुलप्रसाद भट्टराई छन् ।

झापा गाउँपालिकामा सम्पन्न भेलाले मदनकुमार भण्डारीको संयोजकत्वमा ५ सदस्यीय शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि (शिक्षक साकोश) गठन गरिएको छ । समितिको सदस्यमा ब्रम्हालाल उप्रेती, दुर्गा शिवाकोटी सिटौला, संसाद अलि र इन्द्र कटुवाल सदस्य रहेका छन् ।

सवै भेलाको प्रमुख अतिथि समेत रहेका गौतमले सहकारीका मुल्य मान्यता र सिद्धान्तलाई ध्यानमा राखेर संस्था सञ्चालनमा गर्न आग्रह गरे ।