गरामनी खालबाडीका युवा जुटे सरसफाईमा

समाज स्थानीय स्वास्थ्य

गरामनी झापा / विर्तामोड नगरपालिका वडा नं ७ खालबाडीका वभिन्न स्थानमा शनिबार सरसफाई गर्नुका साथै ठाँउ ठाँउमा फोहर संकलनका लागि डस्विन राखिएको छ ।
खालबारी क्षेत्रको बाटो तथा चोक सरसफाई गर्ने उद्देश्यले स्थानिय खालबाडी युवा समुहको सक्रियतामा डस्विन राख्ने कार्य सम्पन्न भएको हो ।

खालबाडी युवा समुहको आयोजनामा बिहान ७ बजे गरामनी चोकबाट शुरु भएको सरसफाई कार्यक्रम खालबाडीको रेखा चौकमा पुगेर टुङगीएको थियो ।

सरसफाइपछि सामुहिक तस्विर खिचाउदै युवाहरु

खालबाडीका एक सय भन्दा बढी स्थानियको सहभागितामा डेढ किलोमिटर बाटो सरसफाई गरिएको थियो । युवाकै सक्रियतामा फोहोर व्यवस्थापनका लागि आजबाट बाटो क्षेत्रमा ३ वटा डस्विन समेत राखिएको छ ।
आफ्नो टोल आफै सुन्दर बनाउने अभियान अन्तर्गत पुस ८ गतेदेखि महिनामा एक पटक सरसफाई गरिने बताइएको छ ।