बुधबारे होक्सेमा आयोजित पुराणको आय व्यय सार्वजनिक

बुधबारे झापा  / जेष्ठ नागरीक तथा अपाङ्ग भेटघाट चौतारी होक्सेले मंसिर २२ गते देखि २८ गते सम्म संचालन गरेको ७ दिने श्रीमद् भागवत महापुराणको आय व्यय शनिबार एक समारोहका बिच सार्वजनिक गरेको छ ।

जसअन्र्तगत पुराणको कुल आम्दानी १५लाख २८ हजार २२७ रुपैँया रहेको छ भने कुल खर्च ५ लाख २४ हजार ६८८ रुपैँया रहेको छ । कुल आम्दानीबाट खर्च कटाएर हेर्दा पुराण बाट भेटघाट चौतारीले १० लाख ३ हजार ५३९ रुपैँया बचत गरेको देखिन्छ ।

पुराण अघि ३२५ जना सदस्य र पुराण अवधिभरमा ९१ जना नयाँ सदस्य थपिएको आयोजकले जनाएको छ ।कुल ४१६ जना साधारण सदस्य रहेको भेटघाट चौतारीमा पुराण अवधिभर ३०६ जना आजीवन सदस्य बनेका र ५० जना अक्षय कोष दाता पनि थपिएको बताइएको छ ।

ज्येष्ठ नागरीक भेटघाटका निम्ति आवश्यक जग्गा खरिद गर्ने, सत्सङ्ग भवन निमार्ण गर्ने साथै जेष्ठ नागरिकको स्वास्थ्य अक्षय कोष स्थापना गर्नका लागि लगाइएको महापुराणबाट सोचे अनुरुपको सफलता प्राप्त गरेको भेटघाट चौतारीका सचिव टेकनाथ ढकालले बताए ।

रामप्रसाद रिजालको अध्यक्षता तथा स्थानिय समाज सेवी खडानन्द वाग्ले, दिननाथ ढकाल गजाधर काफ्ले, प्रेमनाथ ढकाल लगायतको आतिथ्यतामा सम्पन्न सभामा मोहन तिम्सिना र हरिशरण कोइरालाले सहजिकरण गरेका थिए ।