झापाली युवा अनिस सगरमाथामा पुग्ने नेपालकै पहिलो स्काउटर,  नेपालको संविधान सगरमाथाको चुचुरोमा पुर्याउने पनि उनी नै पहिलो ब्यक्ति

पर्यटन राष्ट्रिय समाचार

शुष्मा राजबंशी –

मेचीनगर झापा / झापाली युवा अनिस लुईटेल नेपाल स्काउटका स्काउटरको रुपमा सगरमाथा सफल आरोहण गर्ने पहिलो स्काउटर साथै नेपालको संबिधान पनि सगरमाथाको चुचुरोमा पुर्याउने पहिलो ब्यक्ति बन्न सफल भएका छन् ।

२०७३ जेठ ८ गते सफल आरोहण गरेका अनिसलाई यहि पौष ५ गते पर्यटन बिभागले नेपालको संबिधान सगरमाथाको चुचुरोमा पुर्याउने पहिलो ब्यक्ति प्रमाणित गरेको छ भने नेपाल स्काउटको राष्ट्रिय प्रधान कार्यालयले पौष ६ गते प्रमाण पत्र प्रदान गर्दै नेपाल स्काउटका स्काउटरको रुपमा सगरमाथा आरोहण गर्ने पहिलो स्काउटर भनि प्रमाणित गरेको छ ।

उनले नेपालको संधिान २०७२ को किताव, नेपाल स्काउटको झण्डा सहित अन्य बिभिन्न संघसंस्थाको झण्डा साथै नेपालकै सबैभन्दा होचो भुभाग झापा केचनाको माटो पनि सगरमाथाको चुचुरोमा पुर्याएका थिए ।

झापा चन्द्रगढी ३ निवासी अनिसले २०७३ जेठ ८ गते बिहान ५ बजेर २७ मिनेटमा विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । यस अघि पनि सगरमाथा आरोहणका लागि गएका अनिस ७२ साल बैशाख १२ गतेको महा भुकम्पका कारण सगरमाथाको क्याम्प टु मा ३ हप्ता बसेर फर्किएका थिए ।

सगरमाथाको चुचुरोमा स्काउटको झण्डा देखाउदै अनिश

२४ वर्षीय झापाली युवा लुईटेल यस अघि पनि सोलुखुम्बु जिल्लाको ६ हजार एक सय ६० मिटर अग्लो आइस ल्याण्ड पिकको सफल आरोहण गरेका थिए । त्यस पछि लगत्तै उनले झापाका बिभिन्न संघसंस्था तथा स्थानीय ब्यक्तिहरुको सहयोगमा सगरमाथाको सफल आरोहण गरेका हुन ।

सफल आरोहण पछि उनी नेपाल स्थित बेलायती राजदुतावासको तर्फबाट गोल्ड अवार्ड सहित अन्तराष्ट्रिय अवार्ड बाट सम्मानित भएका छन् ।