विकासप्रेमी नेता सीपी कडरिया भन्छन् : ‘सरकारको नेतृत्व ओली र पार्टीको नेतृत्व प्रचण्डले गर्नु पर्छ’

राजनीति विचार समाचार

विर्तामोड / नेकपा माओबादी केन्द्रका नेता एवम् केन्द्रिय सदस्य सीपी कडरियाले सरकारको नेतृत्व केपी ओलीे र पार्टीको नेतृत्व प्रचण्डलाई दिए सन्तुलित र सम्मानजनक समाधान हुने बताएका छन् ।

पार्टी एकिकरणको सवाल जनताबाट अनुमोदित भई सकेकोले एउटा पक्षमा देखा परेको चरम दम्भ र अर्को पक्तिमा देखा परेको अदुरदर्शीता प्रवृति पार्टी एकताका लागि घातक हुने उनले बताए ।

‘सरकार निर्माण र पार्टी एकताको सवालमा सन्तुलित एवम् सम्मानजनक समाधान खोज्न सरकार सञ्चालनको नेतृत्व केपी शर्मा ओलीलाई र पार्टी नेतृत्वको जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिनुपर्छ’ उनले भने ‘पार्टी एकताको सवाललाई नितान्त प्राविधिक सवालमा सिमित गर्ने ऐतिहासिक महाभूल गर्नु हुदैन ।’

विचार दृष्टिकोण र आगामी कार्यदिसा निर्माणको विषयलाई बहसको मुख्य केन्द्रबिन्दु बनाउनु पर्नेमा उनले जोड दिए ।
विकासप्रेमी नेताको छवि बनाएका माओबादी नेता कडरियाले भने ‘लाखौं युद्धकालिन मुद्धाहरु थन्किएर बसेका छन् ति मुद्धाको छिनोफानो गर्ने सत्य निरुपण तथा मेलमिलाप आयोगको समय सीमा अहि माघ २३ गते सकिदैछ । त्यसैले यसको तत्काल समाधान नगरे सिङगो राजनीतिक अध्यायलाई नै चुनौती खडा गर्न सक्छ ।’

कडरियाले अगाडी भने ‘आयोग किन निकम्मा बनिरहेको छ । आयोगको कानुनी विकल्प , निकासको लागि विद्यमान ऐन संसोधन जस्ता विषयलाई मुख्य कार्यसुची बनाएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता हो ।’

सरकार निर्माण, पार्टी एकता, शक्ति साझेदारी जस्ता प्रश्नहरु छायाँमा पर्नसक्ने संकेत देखापरिसकेको बताउँदै कडरियाले बाम गठबन्धन र पार्टी एकताका सुत्रधारहरुको यसतर्फ बेलैमा ध्यान जानु पर्ने नत्र शान्ति प्रकृया असफल हुने ठोकुवा गरे ।