रेडियो बुद्धबाँणीले शुरु गर्यो परिक्षण प्रशारण

प्रदेश मनोरञ्जन सूचना प्रबिधि स्थानीय

फिक्कल इलाम / सूर्योदय नगरपालिका फिक्कल इलामबाट आज मंगलबारदेखि रेडियो बुद्धबाँणीकोे परिक्षण प्रशारण शुरु भएको छ । सूर्योदय सञ्चार प्रा.लिद्धारा सञ्चालित रेडियो बुद्धबाँणी ९५.७ मेगाहर्जमा सुन्न सकिने छ ।

 

५०० वाट क्षमताको सो रेडियोको यहि पुस १६ गते पत्रकार महासंघका केन्द्रीय सचिव रामप्रसाद दाहालको प्रमुख आतिथ्यता र रेडियो नेपालका कार्यकारी निर्देशक डा.नवराज लम्सालको उपस्थितिमा एक कार्यक्रमका बिच उद्घाटन गरिने रेडियोका सञ्चालक धड्कन शर्माले जानकारी दिए ।

रेडियोले पुस ६ गतेदेखि समाचार बाचन, समाचार लेखन तथा कार्यक्रम उत्पादन सम्बन्धि १० दिने तालिम पनि सञ्चालन गरिरहेको छ ।