सार्वजनिक भो फिल्म ‘शत्रु गते’ को नयाँ गित ‘रुपै मोहनी’

फिल्मी संसार मनोरञ्जन

गोपिन पोखरेल

विर्तामोड /नयाँ नेपाली चलचित्र ‘शत्रु गते’ को ‘रुपै मोहनी’ बोलको गित आज शुक्रबार सार्वजनिक भएको छ ।

ओएसआर डिजिटलले सार्वजनिक गरेको लोकलयमा आधारीत सो गितमा टंक बुढाथाकी र मीना निरौलाले स्वर दिएका छन् । गितमा हरीबंश र दीपा , दीपकराज र प्रियंका साथै पाउल र आँचलको जोडीलाई प्रस्तुत गरिएको छ ।

गितमा हरिबंश आचार्य , मदनकृष्ण श्रेष्ठ , दिपकाज गिरी , दीपाश्री लिरौला , पाउल शाह, प्रियंका कार्की लगायतले सामुहिक नृत्य प्रस्तुत गरेका छन् ।

फिल्म ‘शत्रु गते’ मा मदनकृष्ण श्रेष्ठ , हरीबंश आचार्य , दीपकराज गिरी, दीपाश्री निरौला , प्रियंका कार्की, पाउल शाह,अञ्चल शर्मा, बसुनधरा भुषाल, राजाराम पौडेल, शिवहरी पौडेल, किरण केसी, सुष्मा कार्की, अञ्जु महर्जन,रमेश रन्जन झा लगायतका कलाकारको अभिनय रहेको छ ।

गीतमा संगीत र एरेञ्ज टंक बुडाथोकीले गरेका छन् भने शव्द लोकराज अधिकारीले लेखेका हुन । फिल्म जात्रा बाट डेब्यू गरेका निर्देशक प्रदिप भट्टराइले यो फिल्म निर्देशन गरेका छन् । गितमा कबिराज गहतराज र प्रविन सिंहले कोरीयोग्राफी गरेका छन् ।

फिल्मलाई महसञ्चारले प्रस्तुत गरेको छ । दर्शकले यो फिल्म चैत्र ९ गतेबाट हेर्न पाउने छन ।

शुक्रबार ११ः५० बजे प्रकाशित