जबरजस्ती करणी आशयको भिडियो खिची फेसबुकमा अपलोड गर्दिन्छौ भन्दै १ लाख रुपैयाँ माग्ने २ व्यक्ति प्रहरीद्वारा सार्बजनिक

विर्तामोड / जबरजस्ति करणी , चोरी र अस्लिल भिडियो खिचेको अभियोगमा २ जनालाई पक्राउ गरी विर्तामोड प्रहरीले आज सार्वजनिक गरेको छ । प्रहरीका अनुसार घटनामा संलग्न ३ मध्ये १ जना अभियुक्त अझै फरार छन् ।

पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका वडा नं ९ का १७ बर्षीय विजयबहादुर मगर र सोही ठाँउ बस्ने बर्ष १७ कै नविन डाँगी रहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।

अर्जुनधारा नगरपालिका वडा नं ११ स्थित गिरीबन्धु चिया बगानभित्र हतियार सहित आएका मगर, डाँगी र अर्को एक व्यक्तिले इलाम बस्ने वर्ष ३५ की एक महिलालाई कुटपिट गरि टाँसिएर सेल्फी खिची कपडा खोल्न लगाई पीडितको संबेदनसिल अंग चलाई जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले जनाएको छ ।

अभियुक्तले ति महिलालाई जबरजस्ती करणी प्रयासको भिडियो समेत खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्दिने भन्दै धम्की दिएको प्रहरीले जनाएको छ ।

अभियुक्तले महिलाको साथमा रहेको ४ हजार २०० रुपैयाँ र उनीसँगै रहेका नाताले मित आमाको छोरा भाइ पर्नेको साथमा रहेको ८ हजार रुपैयाँ गरी १२ हजार २०० रुपैँया समेत लुटेका थिए ।

पिडित महिला इलामबाट झापा सुरुङगास्थित सिमलबाडी आफन्त मित आमालाई भेट्न आई भाईसँग घर फर्किंदा बुट्टाबारी उत्तर चिया बगानमा यो घटना भएको थियो । अभियुक्तले भाईकै अगाडी ति महिलालाई नाङगो बनाई जबरजस्ति लुटपाट र भिडियो खिचेर अलिपर एकान्तमा लगि थप १ लाख रुपैयाँ दिने भए दे नत्र भिडियो फेसबुकमा अपलोड गर्दिन्छौ भन्दै व्ल्याकमेलिङ गर्दै धम्की दिएको प्रहरीले जनाएको छ ।

पिडितले हामीसँग त्यत्रो पैसा छैन १० हजार दिन सक्छौ त्यो पनि बैकबाट निकाल्नु पर्छ भन्दा पिडित महिला र भाईको मोटर साइकल चिया बगानको बिच एकान्त ठाँउमा राखि एक अभियुक्तले भाईलाई लिएर विर्तामोड आएको र त्यहि मौकामा भाग्न सफल भई भाइले प्रहरीलाई जानकारी दिएपछि घटना सार्वजनिक भएको प्रहरीले जनायो ।

तत्काल घटना स्थल पुगेको प्रहरीले विहीबार २ जनालाई पक्राउ गरेपनि आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । फरार १ अभियुक्तको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ ।

विर्तामोड प्रहरीले यसअघि पुस २ गते पनि नगद तथा सुन चोरी गर्ने एक जना अभियुक्तलाई पक्राउ गरी सार्वजनिक गरेको थियो ।

शनिबार ११ः२५ बजे प्रकाशित