दिपेन्द्र प्राविका प्रअ आचार्य भन्छन् -‘सबैतिरबाट हामी हेपिएका छौं, इन्करेज कसैले गरेन’

बिद्यालय-कलेज शिक्षा समाचार

गोपिन पोखरेल-

जलथल झापा / जलथलको दिपेन्द्र प्राथमिक विद्यालयको भौतिक तथा शेैक्षिक स्तर उकास्न सम्बन्धित निकायले यथोचित चासो नदिएको विद्यालयका प्रधानाध्यापक दीर्घराज आचार्यले गुनासो गरेका छन् ।

हल्दिबारी गाँउपालिका –४ स्थित साविक जलथलमा ८५ प्रतिशत लोपोन्मुख आदिबासी मेचे समुदायका बालबालिका अध्ययन गर्ने सो विद्यालय अहिले पनि पुरानो भौतिक संरचना अपर्याप्त कक्षा कोठा जस्ता समस्यामा अल्झिरहनु परेको प्रधानाध्यापक आचार्यको गुनासो छ ।

‘अधिकांश आदिबासी समुदायका बालबालिका यो स्कुलमा पढ्छन । उनीहरुको शैक्षिक स्तर उकास्न राज्यले उचित ध्यान दिनुपर्ने हो, पधानाध्यापक आचार्यले भने– ‘सम्बन्धित निकायको पर्याप्त ध्यान केन्द्रित भएन, हाम्रो प्रयासले विद्यालय यो अवस्थामा आएको हो ।’
‘इन्करेज कतैबाट भएन ४४ सालदेखि स्कुलको संस्थापक प्रधानाध्यापक रहेका आचार्यले भने– ‘गाँउपालिकाले विद्यार्थी संख्या बढाउ भन्छन् बढायो । कसरी हुन्छ अब अंग्रजी माध्यम पनि गर भन्छन्, गर्यो इन्करेज छैन । कतैबाट सहयोग भएन । सबैतिरबाट हामीलाई हेपेका छन्’ –आचार्यले दुखेसो पोखे ।

एकपटक जिविसबाट ५० हजार पाइयो, गााउँपालिकाले पनि ३० हजार छुट्याएको थियो ८० हजार हुनेभो भनेको ए उताबाट आउने रैछ भनेर ३० हजार पनि गाँउपालिकाले काटिदियो । धेरै अनुनय विनय गर्दा हामीले माथिबाट २ लाख ८० हजार रुपैयाँ पायौं ।

गाँउपालिकासँग गुनासो गर्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रञ्जित मेचेले भने– ‘संसद् विकास कोषबाट १ लाख रुपैयाँ प्राप्त हुन्छ तपाँइले अलिकति थपि दिनुभयो भने हामी स्कुलमा मन्दिर बनाउथ्यौ भनेर कुरा गरेको गाँउपालिकाले छुट्याएको मध्येबाट १ लाख रुपैयाँ उल्टै काटिदियो ।’ त्यसैले विद्यालयले पाउने रकम नरोकिदिन सम्बन्धित पक्षसँग मेचेले आग्रह गरे ।

हामीले ०७३ सालदेखि अंग्रेजी माध्यमबाट पढाउन सुरु गरयौं । सामुदायिक विद्यालयले गरेको यो काममा गाँउपालिकाले पटक्कै प्रोत्साहन गरेन ।

विद्यालयले आधारभूत तहसम्म कक्षा सञ्चालन गर्दै अंग्रेजी माध्यम बनाउने लक्ष्य राखेको भए पनि कतैबाट सहयोग नमिल्दा लक्ष्यमा पुग्न नसकेको सह प्रधानाध्यापक रुद्रप्रसाद घिमिरेले बताए ।

‘कक्षा कोठा अपुग हुँदा एउटै कोठालाई बिचमा पाटेसन गरेर पढाउनु परेको छ’ उनले भने – ‘यसो गर्दा एउटा क्लासको हल्लाले अर्को क्लासमा डिस्टर्व भई विद्यार्थीको पढाइमा असर परेको छ ।’

घिमिरेका अनुसार कार्की इन्टरनेश्नल जापान, क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेन, पुण्यकुमारी लामिछाने, नेपाली कांग्रेस गाँउपार्टी अध्यक्ष लगायतका दाताले स्कुललाई सहयोग स्वरुप ६ वटा कम्प्युटर दिएको छ । कक्षाकोठा अभावले राख्न पाको छैन । स्कुलमा कम्प्युटर राख्ने ठाँउ पनि छैन ।

कोही दाता महानुभावले विद्यालयलाई सहयोग गरे प्रोजेक्टरको माध्यमबाट पढाउने लक्ष्य स्कुलको छ ।

यसैबिच हल्दिबारी वडा नं १ का वडा अध्यक्ष त्रिलोचन सापकोटाले सो स्कुललाई वाइफाई जोड्ने प्रयोजनका लागि २० हजार रुपैयाँ प्रदान गरेका छन् । उनले सो रकम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रञ्जित मेचेलाई हस्तान्तरण गरेका हुन ।

विद्यालयमा लोपोन्मुख आदिबासी समुदाय मेचे जातिका २८ छात्रा र ३० छात्र गरि ५८ जना, सतार जातिका २० छात्रा र १४ छात्र गरि ३४ जना साथै महतो लगायत अन्य जातिका ३० छात्रछात्रा गरि कुल १२२ विद्यार्थी अध्ययनरत छन् ।

सो विद्यालयमा ५ दरबन्दि ५ नीजिश्रोत गरि १० जना शिक्षक शिक्षिका अध्यापनरत छन् । विद्यालयले कक्षा २ सम्म २०७३ सालदेखि अंग्रेजी माध्यममा पढाउँदै आइरहेको छ ।

नीजि विद्यालयकै शैलिमा स्कुलले विद्यार्थीहरुलाई अनिवार्य ड्रेसको व्यवस्था गरेको छ भने सरकारी भएपनि अभिभावकको सल्लाह अनुसार विद्यार्थीबाट केही शुल्क पनि लिने गरेको विद्यालयले जनाएको छ ।