अन्तर नगरपालिका फुटबल प्रतियोगिताको उपाधी भद्रपुरलाई

सुरुङ्गा /  झापाको कन्काई नगरपालिकामा सञ्चालित दोस्रो अन्तर नगरपालिका कर्मचारी फुटबल प्रतियोगिताको उपाधी भद्रपुर नगरपालिकाले हात पारेको छ ।

डिफेन्डिङ च्याम्पियन कन्काई नगरपालिकालाई ३ २ गोल अन्तरले हराउँदै भद्रपुरले नगद २५ हजार राशीको सो पुरस्कार हात पारेको हो ।

उपविजेता कन्काई नगरपालिका कर्मचारी टीमले नगद १५ हजारमा चित्त बुझायो ।

खेलका विजयी तथा उपविजयी टिमलाई प्रदेश सभा सदस्य हिरा थापा, कन्काई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल लगायतले पुरस्कार तथा ट्रफी वितरण गरेका थिए ।

कन्काई मावि सुरुङ्गाको खेल मैदानमा सम्पन्न प्रतियोगितामा झापाका ८ नगरपालिकाको सहभागीता थियो ।