रोजगारी मिलाइदिने भन्दै मानव बेचविखन गर्ने पक्राउ

काठमाडौं / विदेशमा रोजगारी मिलाइदिने भन्दै मानव बेचविखन गर्ने करियर हब प्रालि एडुकेशनल कन्सल्टेन्सीका सञ्चालक चित्रप्रसाद ढुङ्गेल पक्राउ परेका छन् ।

उनलाई मानव बेचविखन गरेको आरोपमा काठमाडौंकाे चन्द्रागिरी नगरपालिका वडा नं १ बाट पक्राउ गरिएको हो ।

मोरङ जिल्ला सुन्दर हरैचा नगरपालिका वडा नम्बर ८ घर भई हाल काठमाडौं चन्दागिरि नगरपालिका १ बस्ने ढुङगेल दक्षिण अफ्रिकाको जोहान्सवर्गमा राम्रो रोजगारी दिलाईदिने भन्दै  मोटो रकम उठाई धोकापूर्वक दक्षिण अफ्रिका पुर्याई बेच्ने आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसरी बेचिएका पीडितहरु भाग्न सफल भई नेपाल फर्की आएको र फेरि पनि ढुङ्गेलले उल्टै धम्कि दिइ पीडितलाई थर्काइरहेको भनि उजुरी गरेका थिए । यही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । उज्यालोअनलाइन