महिलाको अस्लिल भिडियो खिच्ने एक फरार अभियुक्त पक्राउ

समाचार समाज स्थानीय

विर्तामोड / एक महिलाको जबरजस्ति अस्लिल भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गर्दिने धम्की दिदैै पैसा समेत माग गर्ने मध्येका एक फरार अभिु्क्तलाई विर्तामोड प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका वडा नं ११ झोडा बस्ने २४ वर्षीय समिर चाहार दर्जी छन् ।

एकसाता अघि अर्जुनधारा नगरपालिका वडा नं ९ बस्ने वर्ष १७ को विजयबहादुर मगर र सोही ठाँउ वस्ने वर्ष १७ कै नविन डाँगी र पक्राउ परेका अभियुक्त चाहार मिलेर अर्जुनधारा नगरपालिका वडा नं ११ स्थित गिरीबन्धु चिया बगानभित्र हतियार देखाएर इलाम बस्ने वर्ष ३५ की एक महिलालाई कुटपिट गरि टाँसिएर सेल्फी खिची कपडा खोल्न लगाई पीडितको संबेदनसिल अंग चलाई जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले जनाएको छ ।

चाहार सोही घटनामा संलग्न भई फरार अभियुक्त थिए ।

अभियुक्तले महिलाको साथमा रहेको ४ हजार २०० रुपैयाँ र उनीसँगै रहेका नाताले मित आमाको छोरा भाइ पर्नेको साथमा रहेको ८ हजार रुपैयाँ गरी १२ हजार २०० रुपैँया समेत लुटेका थिए ।

पिडित महिला इलामबाट झापा सुरुङगास्थित सिमलबाडी आफन्त मित आमालाई भेट्न आई भाईसँग घर फर्किंदा बुट्टाबारी उत्तर चिया बगानमा यो घटना भएको थियो ।

अभियुक्तले भाईकै अगाडी ति महिलालाई नाङगो बनाई जबरजस्ति लुटपाट र भिडियो खिचेर अलिपर एकान्तमा लगि थप १ लाख रुपैयाँ दिने भए दे नत्र भिडियो फेसबुकमा अपलोड गर्दिन्छौ भन्दै व्ल्याकमेलिङ गर्दै धम्की दिएको प्रहरीले जनाएको छ ।

पिडितले हामीसँग त्यत्रो पैसा छैन १० हजार दिन सक्छौ त्यो पनि बैकबाट निकाल्नु पर्छ भन्दा पिडित महिला र भाईको मोटर साइकल चिया बगानको बिच एकान्त ठाँउमा राखि एक अभियुक्तले भाईलाई लिएर विर्तामोड आएको र त्यहि मौकामा भाग्न सफल भई भाइले प्रहरीलाई जानकारी दिएपछि घटना सार्वजनिक भएको थियो ।

घटना स्थल पुगेको प्रहरीले तत्काल २ जनालाई पक्राउ गरे पनि एक जना फरार थिए । प्रहरीले पिडित महिलाको नाम खुलाएको छैन । चाहारलाई अदालतबाट म्याद थप गरी जबरजस्ती करणी र चोरी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।