नेपाल आयल लिगमले इन्धनको मूल्य फेरी बढायो

काठमाडौं / नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । गत पुस १७ गतेपनि निगले इन्धनमा मूल्यवृद्धि गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै बुधबार पेट्रोल, डिजेल र मटि्टतेलमा मूल्यवृद्धि गरेको हो ।

निगमकाअनुसार पेट्रोलमा १ रुपैयाँ मूल्य बढाइएको छ भने डिजेल र मटितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि गरिएको छ । बुधबार राति १२ बजेबाट यो नयाँ मूल्य लागू हुनेछ ।

भारतीय आयल कर्पोरेशनको नयाा मूल्यसूचीअनुसार निगमले इन्धनको मूल्यमा समायोजन गरेको हो ।

नया मूल्यअनुसार पेट्रोल एक लिटरलाई १०३ रुपैयाँ पर्ने छ । डिजेल र मट्टतिेलको एक लिटरको मूल्य ८१-८१ रुपैयाँ पुगेको छ ।