क्षयरोगः किन, कसलाई र कसरी हुन्छ ?

शिक्षा स्वास्थ्य

विश्व स्वास्थ्य संगठनको रिपोर्टले भन्छ, ‘नेपालमा बर्षेनी करिब पाँच देखि ७ हजार मानिसको मृत्यु क्षयरोगको कराण हुनेगर्छ ।’ यहाँ ४४ हजार मानिस क्षयरोगबाट प्रभावित छन् ।

क्षयरोग अर्थाट टिबी । कुनैबेला खतरनाक मानिन्थ्यो । अहिले क्षयरोग त्यती भयावह छैन । यद्यपी पूर्णत निर्मूल पनि भएको छैन ।

किनभने यो संक्रामक रोग हो, जो दोस्रो व्यक्तिलाई सजिलै सर्न सक्छ । क्षयरोग भएमा यसले छाती तथा फोक्सोलाई असर पार्ने गर्छ । हाच्छि्युँ गर्दा, खोक्दा पनि यसको जिवाणु सजिलै अर्को व्यक्तिमा सर्न सक्छ ।

युपियन देशहरुबाट सुरु भएको क्षयरोग नेपालमा पनि धेरै पूरानो मानिन्छ । क्षयरोग दुई प्रकारका हुने गर्छ ।

१. छातीमा देखिने

२. छाति बाहिर

छातीमा क्षयरोगको संक्रमण भएमा विभिन्न लक्षण देखा पर्ने गर्छ । जस्तै–

– तीन हप्तासम्म पनि खोकी निको नहुने

– लामो समयसम्म९९-१०० ज्वरो आउने

– खान मन नलाग्न

– तौल कम हुने

– खकारमा रगत देखिने

– थकान महसुस हुने

–  राती पसिना आउने गर्छ

त्यस्तै, छाती बाहिर संक्रमण भएमा खान मन नलाग्ने, तौल कम हुने गर्छ । तर यसका साथै अन्य लक्षण देखा पर्छ । जस्तै, मृगौलाको क्षयरोग लागेमा पिसाबबाट रगत देखिने, हड्डीको क्षयरोग भएमा ढाड दुख्ने, ढाड कुप्रो पर्ने इत्यादी हुन्छ ।

त्यसमध्ये फोक्सोमा हुने क्षयरोगमा स्पुक्टम पोजेटिभ हुने गर्दछ । स्पुटम पोजेटिभ भएमा खोक्दा, हाच्छि्युँ गर्दा हावाको माध्यमद्धारा यो रोग एक व्यक्तिबाट अर्कोमा सजिलै सर्ने गर्छ ।

कसलाई ?

विशेषगरी, कम प्रतिरोधात्मक क्षमता भएका व्यक्तिलाई सजिलै आक्रमण गर्न सक्ने यो क्षयरोगका किटाणु जो सुकैको शरीरमा रहेको हुन्छ ।

यद्यपी, कमजोर रोग प्रतिरोधात्मक क्षमता हुनासाथ त्यस्ता व्यक्तिलाई यो रोगले सजिलै आक्रमण गर्दछ ।

किन ?

शरीरमा पोषणको कमी, कुपोषण, सन्तुलित आहार, गलत खानपान लगायतका कारण पनि शरीरको रोग प्रतिरोधात्मक क्षमता कम हुने गर्छ । शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम भएमा क्षयरोगका व्याक्टेरियाले शरीरमा सजिलै संक्रमण गर्ने गर्छ ।

बद्लिदो जीवनशैली तथा गलत खानपानका कारण पनि अहिले नेपाली समाजमा क्षयरोग रोग ठूलो चुनौतीको रुपमा देखा परेको छ । त्यसैले, यसलाई नियन्त्रण गर्नको लागि समयमै रोगको पहिचान आवश्यक छ ।

कसरी थाहा पाउने ?

– छातीको एक्सरे

– खकार जाँच

– जेन एक्सपर्ट मेसिनद्धारा दुई घण्टामै रोेग पत्ता लगाइन्छ

– प्रतिरोधात्मक क्षमता जाँच गर्ने

– रगत कल्चर गर्ने

 क्षयरोग नियन्त्रण गर्ने तरीका

– जनचेतना

– प्रारम्भिक जाँच

– व्यवस्थापन

सामान्य खोकी र क्षयरोग

दुई हप्तासम्म पनि निरन्तर खोकी लागेको छ भने क्षयरोग नै रोग लागेको हो भन्ने हुदैन । किनभने नेपालको बढ्दो वायु प्रदुषणका कारण पनि पछिल्लो समय मानिसहरुलाई छाती तथा फोक्सोको संक्रमण अधिक मात्रामा हुने गरेको छ ।

यद्यपी, दुई हप्ता भन्दा बढी समय खोकी लागेको छ र विभिन्न औषधीको प्रयोगबाट पनि उक्त खोकी निको भएको छैन र उक्त खोकी प्रति औषधीले कुनै प्रतिकि्रया जनाएको छैन भने त्यस अवस्थामा क्षयरोगको जाच गर्न अत्यावश्यक मानिन्छ । त्यस्तै, लगातारको खोकीको साथमा उक्त व्यक्तिमा तौल कम हुँदै गएको छ, खान मन लाग्दैन, खकारमा रातो रगत देखिन्छ भने पनि त्यसबेला क्षय रोग भएको शंका गर्न सकिन्छ ।

औषधी निशुल्क पाइन्छ
नेपालमा क्षयरोगीहरुलाई मध्यनजर गर्दै सरकारले क्षयरोगीहरुलाई निशुल्क औषधी वितरण गर्दै आएको छ । तर अस्पतालसम्म पहुँच नपुग्दा, भौगोलिक विकटता तथा मानिसहरु क्षयरोग केन्द्रमा जान हिच्किचाउने गर्नाले पनि मानिसहरुले सुचीकृत स्वास्थ्य संस्थाहरुबाट त्यो सुविधा पर्याप्त मात्रा लिन सकेका छैनन् ।

बरु उनीहरुले स्वास्थ्य संस्थामा पुग्नु अगावै हजारौ रुपैया खर्च गर्दै आएका छन् ।

जबकी प्रारम्भिक अवस्थामै रोगको पहिचान भएको खण्डमा अस्पतालहरुबाट यस रोगको उपचार तुरुन्तै हुनजे गर्दछ । साथै रोगको पहिचान भई औषधी सुरु गरेको करिब दुई हप्ताबाट यो रोग अरुलाई सर्ने जोखिम समेत कम हुने गर्छ । अनलाइनखबर