बिर्तामोड । झापाको बिर्तामोडमा आजबाट किन्डर हाउस मन्टेश्वरी एण्ड डे केयर सेन्टर सञ्चालनमा आएको छ ।
ड्रिम्स वल्र्ड इन्टरटेण्टमेन्टको मातहतमा उक्त मन्टेश्वरी सञ्चालन गरिएको हो ।
सरस्वती पूजाको अवसरमा बालबालिकाहरुलाई अक्षर आरम्भ गराएर मन्टेश्वरीको उद्घाटन गरिएको छ ।
जागिर या अन्य कुनै पेशामा व्यस्त अभिभावकको समस्यालाई मध्यनजर गर्दै मन्टेश्वरी तथा डे केयर सेन्टर सञ्चालनमा ल्याइएको सञ्चालक सरोज खरेलले जानकारी दिए ।
मन्टेश्वरीमा अभिभावकले आफू अनुकुलको समयमा नानीहरुलाई राख्न सक्ने छन् । झापामै पहिलोपटक नौलो र अत्याधुनिक स्मार्ट प्रविधिबाट मन्टेश्वरी सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।