हाइपरलुप ट्रेन: तयार हुनुस् हवाईजहाजको गतिमा गुड्न मेचीदेखि महाकालीको यात्रा केबल केही मिनेटमै !

एजेन्सी / भर्खर रेलको सपना देखिरहेका नेपालीलाई हाइपरलुप वानको कुरा गर्दा हाँसोको विषय हुन सक्छ । तर हवाई जहाजको भन्दा तीब्र गतिमा गुड्ने साधनको पनि निर्माण वैज्ञानिकहरुले गरिसकेका छन् ।

चीन, जापानमा चल्ने बुलेट ट्रेन भन्दा पनि तीब्र गतिमा चल्न सक्छ यो हाइपरलुप ट्रेन। हाइपरलूप ट्रान्सपोर्टको मामिलामा भारतमा पनि अध्ययन सुरु भइसकेको छ । यस ट्रेनबाट मुम्बईदेखि पुणेको यात्रा केबल २५ मिनेटमै गर्न सकिनेछ ।

अर्थात, नेपालको झापादेखि कन्चनपुरसम्म यो हाइपरलुप ट्रेनमा केही मिनेटमै पुग्न सकिन्छ । अहिले झापाबाट कन्चनपुरसम्म पुग्न कम्तिमा पनि २ दिनको समय बिताउनुपर्छ। हाइपरलुप ट्रेनमा राजधानी काठमाडौँमा केही मिनेटको समयमा देशका अन्य सहरमा पुग्न सकिन्छ ।

यसलाई बनाइरहेको कम्पनी हाइपरलुप ट्रान्सपोर्टेशन टेक्नोलोजीका प्रमुख तथा मुख्य सञ्चालन अधिकारी बिपोप ग्रेस्टाले भारतका उच्च अधिकारीलाई भेटेर केही वर्षअघि नै यो परियोजना स्थापना गर्ने प्रस्ताव गरेका थिए ।

हवाईजहाज भन्दा तीब्र गति

हवाईजहाजको गति भन्दा पनि यो ट्रेन ‘हाइपरलुप ट्यूब’ भित्र कम दबाव हुने क्षेत्रमा चल्नेछ । यस ट्रेनको सबैभन्दा राम्रो विशेषता भनेको यो बुलेट ट्रेन भन्दा पनि दुई गुणा छिटो चल्छ । यो ट्रेन चुम्बकीय प्रविधि राखिएको पोड (ट्र्याक)मा चल्छ । यो ट्रेन भ्याक्युम (बिनाहावा) ट्यूब सिस्टमबाट चल्ने क्याप्सुल जस्तो हाइपरलुप ७५० माइल(१२२४ किलोमिटर) प्रतिघण्‍टाको गतिमा कुद्न सक्छ ।

मुम्बईबाट पुणे केबल २५ मिनेटमा

एक ‘हाइपरलुप’ पोडमा ६ देखि ८ जना मानिस यात्रा गर्न सक्छन् । यसलाई अहिले भारतीय कम्पनी भर्जिनले मुम्बईदेखि पुणेको बीचमा चलाउने तयारी गरिरहेको छ। एक अनुमान अनुसार यदि मुम्बई-पुणेको बीचमा हाइपरलुप ट्रेन चलेको अवस्थामा यसले केबल २५ मिनेट दुई सहरबीचको यात्रा पुरा गर्न सक्छ ।

के तपाई हाइपरलिप हुनुहुन्छ?

एक ट्यूबभित्र ‘हाइपरलुप’ लाई उच्च दबाव र तापक्रम सहने क्षमता भएको इन्कोनेलबाट बनेको धेरै पातलो स्कीमा स्थिर गरिन्छ । यस स्कीमा रहेका प्वाँलमार्फत दबाव दिएर हावा भरिन्छ । जसले यसले एक भ्याकुम जस्तै काम गर्छ । स्कीमा लगाइएको चुम्बक र इलेक्ट्रो म्याग्नेटिक झट्काबाट ‘हाइपरलुप’ को पोडलाई गति दिइन्छ । यो प्रतिघण्टा १२ सय २३ किलोमिटरको गतिसम्ममा दौडन सक्ने बताइएको छ।

यदि यो परियोजना सफल भयो भने कालान्तरमा नेपालमै पनि केही मिनेटमा देशका जुनसुकै कुनामा पुग्न सकिनेछ । भारतमा टेस्ला कम्पनीका सह-संस्थापक इलोन मस्कले पहिलो पटक हाइपरलुपको आइडिया दिएका थिए ।

अहिले यस परियोजनामा जोडिएर कयौँ वैज्ञानिकले काम गरिरहेका छन् । विश्वले म्याग्नेटिक लेभिटेसन टेक्नोलोजी (चुम्बकीय उत्तोलन विधि) मार्फत एक भ्याक्युम ट्यूबमा ट्रेन चलाएको चाँडै देख्नेछ । जसलाई अहिलेबाटै भोलिको एक क्रान्तिकारी छलाङको सं‌ज्ञा दिन थालिएको छ।

माग्लेभ या म्याग्नेटिक लेभिटेसन ट्रेनको विकासमा पहिलेदेखि नै काम भइरहेको थियो । यसमा चुम्बकको सहारमा ट्रेन आफ्नो ट्र्याकमाथिबाट चल्छ। यो प्रविधिमा यी दुईबीच कम घर्षण हुन्छ । जसले गति बढाउँछ । यस्तै एउटा ट्रेन चीनको संघाईबाट उसको एयरपोर्टबीच ४३० किलोमिटर प्रतिघण्‍टाको गतिमा चल्छ ।

तर अब माग्लेभ या म्याग्नेटिक लेभिटेशन ट्रेनलाई एक भ्याक्युम ट्यूबमा राखेर चलाउने योजनामा वैज्ञानिकहरु काम गरिरहेका छन् । यसको नाम ‘हाइपरलुप वान’ हो ।

सर रिचर्ड ब्र्यान्सनको भर्जिन हाइपरलुप वान यस कोणबाट म्याग्नेटिक लेभिटेसन ट्रेनमा सबैभन्दा आधुनिक हो । लास भेगासबाट ४० माइल उत्तरमा रहेको मरुभूमिमा पुगेर तपाईँले यस महंगो परियोजनामा भइरहेको कामबारे जानकारी लिन सक्नुहुन्छ ।

प्रयोगका लागि ५०० मिटर लामो परीक्षण ट्र्याक पनि बनाइएको छ। ३०० जना प्राविधिक यस परियोजनामा काम गरिरहेका छ्न। जसमा २ सय जना विज्ञ इन्जिनियरहरुको समूह रहेको छ।

हाइपरलुप वानले अहिलेसम्म कयौँ प्रयोग गरिसकेको छ। ट्यूबमा पोडको गतिलाई ३७८ किलोमिटर प्रतिघण्टासम्म लान सफल भइसकेका छन् । तर अहिलेसम्म पोडमा कसैलाई पनि राखिएको छैन । अन्तरिक्ष वैज्ञानिक अनिता सेन गुप्ता इन्जिनियरहरुको यस समूहको नेतृत्व गरिरहेकी छन्।

अनिता सेन गुप्ता नासाको मार्स क्युरोसिटी रोवर प्रोजेक्टलाई विकास गर्ने काममा जुटेकी छन्। उनी अन्य ग्रहमा कुनै पनि गाडी उतार्ने ‘इन्जिनियरिङ्ग सम्बन्धी चुनौती’ लाई स्वीकार्दै यस परियोजनालाई यथार्थमा परिणत गर्न लागेकी छन् ।

मरुभूभिमा फेलिएको सेतो पाइपतर्फ इशारा गर्दै अनिताले भनिन्, ‘यो एक यथार्थपरक परियोजना हो । किनक यहाँ आफ्नै आसपास विकसित प्रविधिको परीक्षणलाई हेर्न सकिन्छ ।’

भ्याक्युम ट्यूबमा हावाको दबावबारे अनिताले भनेकी छन्, ‘हाइपरलुप एक म्याग्लेभ ट्रेन हो, जुन भ्याक्युम ट्युबमा चल्छ । तपाईँ यसलाई यसरी पनि देख्न सक्नुहुन्छ, कुनै विमान दुई लाख फिटको उचाई चलिरहेको छ ।’

उनले मानिसलाई जहाजमा यात्रा गर्न समस्या नभएजस्तै हाइपरलुपमा पनि यात्रा गर्दा कुनै समस्या नहुने बताइन् । अनिताका अनुसार हाइपरलुप वान परियोजनाले सुरक्षा टेस्ट पास गरेपछि सन् २०२१ सम्ममा यसको व्यवसायिकरुपमा सञ्चालन गरिनेछ ।

हाइपरलूप वानका मुख्य कार्यकारी अधिकारी रोब लोयडले यो परियोजनाको जिम्मेवारी लिँदै यसलाई व्यवहारमा उतारेर सरकारलाई यस प्रविधि हस्तान्तरण गर्न आफूहरु तम्तयार रहेको बताए ।

भविष्यमा हाइपरलुप

यो परियोजनालाई लिएर रोब लोयड निकै उत्साहित छन् । उनले भनेका छन्, ‘हामी ग्याटविक र हिथ्रो बीच एक हाइपरलुप लाइन बनाउँछौँ र यसले दुवै विमानस्थलबीच चार मिनेटको दुरी मात्रै रहनेछ । अहिले हिथ्रो एयरपोर्टको टर्मिनल-२ बाट टर्मिनल-५ बीच आउने जाने समय नै यो भन्दा धेरै लाग्छ । अन्नपूर्णपोष्ट