सन्दिप लामिछाने आईपिएलको बोलकबोलमा छनोट भएपछि क्लार्कले गरे ट्वीट

काठमाडौँ / नेपाली स्पिनर तथा उत्कृष्ट बलर सन्दिप लामिछाने आइपिएल क्रिकेट प्रतियोगिताको अक्सन बोलकबोल सूचिमा परेपछि अष्ट्रेलियाका पूर्व कप्तान क्लार्कले खुसी व्यक्त गर्दै शुभकामना सहितको ट्वीट गरेका छन्।

शुभकामनासहितको ट्वीट गर्दै क्लार्कले आफू आइपिएल टिमको खेलाडी छनोट टोलीमा भएको भए सन्दिप लामिछानेलाई छनोट गर्ने बताएका छन् ।

उनले लामिछानेलाई आइपिएलमा छनोट हुन शुभकामना दिर्दै वण्डरफुल लिटिल च्याम्पियनको संज्ञा दिएका छन्।

गत शनिबार सार्वजनिक भएको ५ सय ७८ जनाको सूचिमा छामिछाने २ सय ७६ औँ नम्बरमा छन्। आइपिएर अक्सनको सूचिमा परेका खेलाडीको अक्सन आगामी जनवरी २७ र २७ मा ब्याङ्लोरमा हुँदैछ।

केही समय अघि सन्दिपलाई क्लार्कको क्रिकेट एकेडेमीले अष्ट्रेलियामा बलिङ प्रशिक्षणको अवसर प्रदान गरेयता क्लार्कले उनलाई सधैँ हौसला दिदैँ आएका छन्। डिसी नेपाल