कृषि विकास बैंकले तीन अर्ब व्यवासायिक कृषि कर्जा प्रहाव गर्ने

काठमाडौं / कृषि विकास बैंकले चालू आर्थिक वर्षमा ३ अरव अनुदानसहितको व्यवसायिक कृषि कर्जा प्रवाह गर्ने लक्ष्य लिएको छ। बैंकले ५१ औं वार्षिक उत्सवको अवसर पारेर  काठमाडौंमा आयोजित कार्यक्रममा चालू आर्थिक वर्ष २०७३/०७४ भित्र ३ अरव अनुदानसहितको व्यवसायिक कृषि कर्जा प्रवाह गर्ने लक्ष्य लिएको जानकारी गराएको हो।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले उर्जा संकट समाधान हुने गरी जलविद्युत क्षेत्रलाई उच्च प्राथमिकता दिई लगानी गर्न सुरु गरिएको पनि स्पष्ट पारे। उनले १ सय ८० मेघावाट उत्पादन क्षमता भएका ७ वटा जलविद्युत उत्पादन परियोजनामा झण्डै २ अरव ३२ करोड लगानी गर्ने प्रस्ताव पनि स्विकृत गरिएको बताए। बैंकले स्थानीय तहमा बैकिङ पहुँचलाई सहज बनाउने लक्ष्य पनि लिएको छ।

बैंकले हालसम्म कुद मुनाफा २ अरव ५७ करोड आर्जन गर्न सफल भएको छ। प्रमुख कार्यकारी अधिकृत सिटौलाले चालू आर्थिक वर्ष भित्र कर्जा तथा सापटमा ११ प्रतिशत र निक्षेप संकलनमा १४ प्रतिशतले वृद्धि गरी बैंकको खुद मुनाफा वृद्धि गर्ने लक्ष्य लिइएको बताए।

बैंकले हालसम्म ८ खरव ६९ अरव कर्जा प्रवाह गरिरहेको छ भने १० लाख ९१ हजार निक्षेपकर्ताहरुको ९६ अरव ४८ करोड निक्षेप परिचालन गरेको छ।