गजल  

कथा कविता साहित्य

 दुर्गा कडरिया – युएई      

दुईचार साल पर्ख है सानू म फर्कि आँउला
एकैसाथ गरेका ती बाचाकसम पूरा नि गरौंला

सङसँगै हामी फिकल हुँदै श्रीअन्तु जाँउला
सुर्याेदयको त्यो पहिलो झुल्को हेरेर रमाउँला

अरबको ठाउँ गर्मीले हुन्छ पसिना तरर
तिमीलाई सम्झी यो मेरो मन रुदैछ धरर

ऋणलाई सम्झी बुझाउँछु मन तिर्नु छ भनेर
नमरी बाँचे आउनेछु सानू जहाजमा चडेर

दुईचार साल पर्ख है तिमी म फर्कि आउँला
संगसँगै हामी फिक्कल हुँदै श्रीअन्तु जाउँला