स्वेता खड्का निर्मित चलचित्र कान्छीको ट्रेलर सार्वजनिक

विर्तामोड / नायिका स्वेता खड्का निर्मित एवम् अभिनित प्रतिक्षित चलचित्र कान्छीको ट्रेलर सार्वजनिक गरिएको छ ।
मंगलबार दरबार मार्गस्थित क्यूज सिनेमामा आयोजित एक कार्यक्रमका बिच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।

आकाश अधिकारी निर्देशित चलचित्रमा स्वेता खड्का, दयाहाङ राई, अनु शाह, कामेश्वर चौरासिया, विनोद न्यौपाने, भूमिका श्रेष्ठ, आशान्त शर्मा, प्रज्वल सुजल गिरी लगायतको भूमिका रहेको छ ।

अर्जुन पोखरेलले संगित गरेको चलचित्रमा एक्सन हिमाल केसी र कोरीयोग्राफी बसन्त श्रेष्ठले गरेका छन् । फागुन ४ गते प्रदर्शन मिति तय गरिएको चलचित्रको यसअघि दुई वटा गित सार्वजनिक गरिएको थियो ।