भाईकै अगाडी दिदीका सबै कपडा खोलेर नाङ्गै बनाई, बलात्कार प्रयास गर्ने ३ युवकलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश

समाचार समाज

विर्तामोड / भाईकै अगाडी दिदीका सबै बस्त्र उतारेर नाङ्गै बनाई चुम्बन गरी जबरजस्ति करणी प्रयासको भिडियो खिचेर सामाजिक सञ्जालमा अपलोड गर्दिन्छु भन्दै धम्की दिने ३ युवकलाई ईलाका प्रहरी कार्यालय विर्तामोडले जेल चलान गरेको छ ।

अभियुक्तहरु विजय बहादुर मगर,नविन डाँगी र सहिर चाहारलाई अनुसन्धानपछि झापा जिल्ला अदालतले बुधबार पुपक्षका लागि थुनामा राख्ने आदेश दिएको ईलाका प्रहरी कार्यालय विर्तामोडका डिएस्पी कृष्णप्रसाद कोइरालाले तहल्का खबरलाई जानकारी दिए ।

उनीहरुलाई जबरजस्ति करणीउद्योग र चोरी अभियोगमा अदालतले थुनामा राख्ने आदेश दिएको हो ।

गत पुस १३ गते अर्जुनधारा नगरपालिका वडा नं ११ स्थित गिरीबन्धु चिया बगानभित्र हतियार देखाई मगर, डाँगी र चाहारले ईलाम बस्ने वर्ष ३५ की एक महिलालाई कुटपीट गरी नाङ्गै बनाएर टाँसीएर सेल्फी खिची पीडितको संबेदनशील अंग चलाई घोची जबरजस्ती बलात्कारको प्रयास गरेका थिए ।

अभियुक्तले ति महिलालाई जबरजस्ती करणी प्रयासको भिडियो समेत खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्दिने भन्दै धम्की दिएको प्रहरीले जनाएको छ । उनीहरुले महिलाको साथमा रहेको ४ हजार २०० रुपैयाँ र उनीसँगै रहेका नाताले मित आमाको छोरा भाई पर्नेको साथमा रहेको ८ हजार रुपैयाँ गरी १२ हजार २०० रुपैँया समेत लुटेका थिए ।

पिडीत महिला ईलामबाट झापा सुरुङगास्थित सिमलबाडी आफन्त मित आमालाई भेट्न आई मितआमाकै छोरा भाईसँग घर फर्किंदै गर्दा बुट्टाबारी उत्तर चिया बगानमा यो घटना भएको थियो ।

अभियुक्तले भाईकै अगाडी ति महिलालाई नाङगो बनाई जबरजस्ति लुटपाट र भिडियो खिचेर अलिपर एकान्तमा लगि थप १ लाख रुपैयाँ दिने भए दे नत्र भिडियो फेसबुकमा अपलोड गरेर भाइरल बनाईदिन्छौ भन्दै व्ल्याकमेलिङ गरेको प्रहरीले जनाएको छ ।

उनीहरु मध्ये मगर र डाँगी पुस १३ गते र चाहार केही दिनपछि पक्राउ परेका थिए ।