आहा रारा गोल्डकपमा आज एपिएफ र संकटा भिड्दै

खेलकुद प्रदेश

पोखरा / पोखरामा जारी १६ औं आहा रारा गोल्डकप फुटबल प्रतियोगितामा आज संकटा फुटबल क्लब र सशस्त्र प्रहरीको एपीएफबीच प्रतिस्पर्धा हुदै छ ।

यी दुई टोलीबीचको खेल पोखरास्थित रंगशालामा दिउँसो २ बजेदेखि खेल हुनेछ । हिजो भएको खेलमा धरान फुटबल क्लब प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

भारतको सिक्किम युनाइटेडलाई ३–० को अन्तरले हराउँदै धरान अन्तिम आठमा पुग्न सफल भएको हो । प्रतियोगितामा तीन विभागीय, २ विदेशीसहित १२ टोलीको सहभागिता छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले ७ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछ भने उपविजेताले ३ लाख ५१ हजार पाउनेछ । माघ ९ देखि शुरु भएको गोल्डकप २० गतेसम्म चल्ने छ ।