फेसबुकले पत्ता लगायो समयको नयाँ इकाइ, सेकेण्डभन्दा ७० करोड गुणा सानो

बिज्ञान प्रबिधि मोबाइल बजार सूचना प्रबिधि

सोसल मिडिया साइट फेसबुकका एक इन्जिनियरले समयको नयाँ इकाई पत्ता लगाएका छन् ।

उक्त नयाँ इकाइको नाम फ्लिक राखिएको छ । यो इकाई एक सेकेण्डको १/७०५६००००० भाग सानो छ ।

अर्थात् यो नानो सेकेण्ड पछिको सबैभन्दा सानो समयको इकाई हो ।

भिडियो इफेक्ट्सलाई कोड शेयरिङ साइट गिट हबको डिस्क्रिप्सनसँग सिंक्रोनाइज गर्नका लागि समयको यो नयाँ इकाई फ्लिक डिजाइन गरिएको बताइएको छ ।

अक्सफोर्ड विश्वविद्यालयका शोधकर्ताहरुका अनुसार यो फ्लिकको आमरुपमा खासै प्रभाव रहनेछैन तथापि भर्चुअल रियालिटीको अनुभवलाई अझै उत्कृष्ट बनाउन यसले भूमिका खेल्नेछ ।

फ्लिक्सलाई C++  प्रोग्रामिङ भाषामा परिभाषित गरिएको हुन्छ, जसलाई फिल्म, टिभी तथा अन्य मिडियामा भिजुअल इफेक्ट सिर्जना गर्न प्रयोग गरिन्छ ।

मिडिया फ्रेमहरुको बीचको समय अन्तर मापन गर्न प्रोग्रामरहरुले फ्लिक्सको प्रयोग गर्ने गर्दछन् ।

बीबीसी रिसर्च एण्ड डेभलपमेन्टका मुख्य अनुसन्धानकर्ता इन्जिनियर म्याट ह्यामोन्डका अनुसार ग्राफिक्समा सटर्स जस्ता एररहरु कम गर्नका लागि यसले सहयोग पूराउनेछ ।

फेसबुक ओपन सोर्सले आफ्नो ट्विटर अकाउन्टमार्फत नानो सेकेण्डभन्दा केहीमात्र ठूलो समयको नयाँ इकाई फ्लिक्स जारी गरेको जनाएको छ ।

फ्लिक्सका सर्जक क्रिस्टोफर होर्वाथले सन् २०१७ को सुरुमै यो इकाइका बारेमा आफ्नो आइडिया सार्वजनिक रुपमा फेसबुकमा पहिलोपटक शेयर गरेका थिए । प्राप्त कमेन्ट्सहरुलाई ध्यान दिई उनले यसमा केही परिवर्तन गरे र अन्ततः यो लञ्च गरिएको छ ।

पहिलो होइन

यद्यपि फेसबुकले समयको नयाँ इकाई फ्लिक्स आविष्कार गर्नु नौलो भने होइन । यसअघि पनि विश्वका विभिन्न कम्पनीहरुले समयका विभिन्न इकाइहरु आविष्कार गरिसकेका छन् । ्

स्विस घडी निर्माता कम्पनी स्वाचले सन् १९९८ मा इन्टरनेट टाइमको घोषणा गरेको थियो । समयको उक्त इकाइले एक दिनलाई १ हजार बिट्समा विभाजन गर्दछ । अर्थात् यो एक मिनेट २६.४ सेकेण्ड बराबरको समय हो । प्रमाणिक समयको आवश्यकता हटाउनका लागि भन्दै स्वाचले अघि सारेको समयको यो इकाईले विश्वव्यापी रुपमा स्विकार्यता भने पाउन सकेन ।

बीबीसी