ओलीले भने : ‘एउटाले ६० वर्षमा झार्ने, अर्कोले ५० वर्षमा झार्ने, अनि बैंशमै बृद्धभत्ता खाने ?’

राजनीति राष्ट्रिय समाचार

                                      तस्बिर : चेतन अधिकारीको फेसबुकबाट-

 

काठमाडौं/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बर्तमान कामचलाउ सरकारले गरेका संविधान ,कानुन र राष्ट्रहीत विपरितका निर्णयहरु नयाँ सरकारले अस्विकार गर्ने बताएका छन् ।

एमालेले बिहिबार पत्रकार सम्मेलन गरेर सरकारका पछिल्ला निर्णयहरुको आलोचना गरेको हो ।

 देउवा सरकारले जाने बेलामा संविधानको गलत व्याख्या गर्दै जथाभावि निर्णय गरेर देशलाई कंगाल बनाउन लागेको ओलीले आरोप लगाए ।

‘सरकारले अर्थतन्त्रलई नै संकटमा पार्न खोजेको छ’ ओलीले भने ‘कि पैसा राख्ने ठाँउ नभएर हल्का गरौं भनेर वितरण गरेको हो ?’

६५ बर्षमा नै बृद्धभत्ता दिने सरकारको निर्णयको विरोध गर्दै ओलीले भने, ‘अर्कोले ६० वर्षमा झार्ने, अर्कोले ५० वर्षमा झार्ने । अनि बैंशमै बृद्धभत्ता खाने हो ?’