शनिश्चरेमा सुविधा सम्पन्न खान्की भ्यु प्वाइन्ट होटल सञ्चालनमा

शनिश्चरे/ झापाको अर्जुनधारा नगरपालिका ७ शनिश्चरे बजारमा पहिलो पटक सुविधा सम्पन्न होटल एण्ड लज सञ्चालनमा आएको छ ।

करिव ४० लाखको लागतमा सञ्चालित खान्की भ्यु प्वाइन्टको आज विहिबार एक कार्यक्रमका बिच अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले उद्घाटन गरे ।

साथै लजको उद्घाटन अर्जुनधारा उधोग वाणिज्य संघका अध्यक्ष वसन्त सोमनी ,र लाइब्रेरी को उद्घाटन सभापति अभ्युदय भट्टराईले गरेका थिए ।

६ वटा कोठा रहेको सो होटल पारिवारिक वातावरणलाई ख्याल गरेर संचालनमा ल्याइएको होटलका सञ्चालक कुमार भट्टराई ले जानकारी दिए । सो होटल तथा लजमा एकै पटक ५० ६० जनाले खान बस्न सक्ने साथै वाई फाई को पनि सुविधा रहेको बताइएको छ ।

होटल उद्घाटन गर्दै प्रमुख अतिथि रानाले यस क्षेत्रमा सुविधा सम्पन्न होटल सञ्चालनमा आउनाले आन्तरिक तथा वाइय पर्यटकहरुलाई सुविधा पुग्ने आशा व्यक्त गरे ।

उद्घाटनमा अर्जुनधारा गा.वि.स.का पूर्व अध्यक्ष कुन्दन भट्टराई ,अर्जुनधारा नगरपालिकाका कार्यकारी अधिकृत राधाकृष्ण खतिवडा, उधोग वाणिज्य संघका अध्यक्ष सोमनी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

होटल सञ्चालक कुमार भट्टराईले स्वागत गरेका थिए भने पत्रकार दिपिन राईले कार्यक्रम सञ्चालन गरेका थिए ।