सुमोको ठक्करबाट दमकमा एक महिलाको मृत्यु

दमक  / झापाको कमल गाउँपालिका-५ पाडाजुँगी चोकमा टाटा सुमोको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। उनको नाम थर वतन खुल्न नसकेको प्रहरीले जनाएको छ।

अन्दाजी ६० वर्षीया पैदलयात्री महिलालाई पूर्वबाट पश्विमतर्फ आउँदै गरेको को १ च ५४२८ नम्बरको टाटा सुमोले बुधबार बेलुका ९ बजे ठक्कर दिएको थियो।

ठक्करबाट गम्भीर घाइते उनको लाइफलाइन अस्पताल दमकमा उपचारको क्रममा बेलुका १० बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ।

ठक्कर दिने सुमो चालक इलाका प्रहरी कार्यालय दमकको नियन्त्रणमा छन भने मृतकको पहिचान गर्ने कार्य भइरहेको  छ।