सुस्त मनस्थितीका बालबालिकालाई व्ल्याङ्केट वितरण

बाल बालिका शिक्षा स्थानीय

भद्रपुर/ महिला तथा बालबालिका कार्यालय झापाले विहीबार अपाङ्ग तथा सुस्त मनस्थितीका बालबालिकालाई २० थान व्ल्याङ्केट वितरण गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीको सहयोगमा २० थान व्ल्याङ्केट वितरण गरिएको प्रमुख महिला विकास अधिकृत इन्दिरा ओझाले बताइन ।

महिला तथा बालबालिका कार्यालयले  पुकार अपाङ्ग अशक्त समाज सुरुङ्गालाई १५ थान व्ल्याङ्केट प्रदान गरेको ओझाले जानकारी दिइन । त्यहाँ उठ्न नसक्ने नौ जना समेत गरी १२ जना सुस्त मनस्थितीका बालबालिका रहेका छन ।

कार्यालयले विहीबार नै अर्जुनधारामा रहेको अपाङ्ग बाल शिक्षा सरोकार केन्द्रलाई पनि ५ थान व्ल्याङ्केट प्रदान गरेको छ । उक्त संस्थाले अपाङ्ग तथा सुस्त मनस्थितिका बालबालिकालाई आवासीय शिक्षा दिँदै आएको छ ।