इटहरी गोल्डकपको उपाधीका लागि थ्रीस्टार र मनाङ भिड्ने

खेलकुद प्रदेश

सुनसरी /सुनसरीमा जारी मदन भण्डारी मेमोरिय इटहरी अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधिका लागि शनिबार थ्रीस्टार र मनाङ मस्र्याङदी क्लब भिड्ने भएका छन् ।

थ्रीस्टारले शुक्रबार पत्रकार सम्मेलन गरी उपाधिका लागि आफूहरु मस्र्याङदी क्लवसँग भिड्न तयार रहेको प्रशिक्षक मेघराज केसीले जानकारी दिए । थ्रीस्टार त्रिभुवन आर्मीलाई ट्राइब्रेकरमा ५–३ ले पराजित गर्दैै फाइनलमा पुगेको हो ।

मनाङले पनि यस वर्ष नै दुई उपाधि चुमिसकेकाले यो सर्वाधिक पुरस्कार राशिको खेल गुमाउन नहुने योजनाका साथ आफूहरु मैदान उत्रने प्रशिक्षक छिरिङ लोप्साङले बताए ।

गरिफा स्पोर्र्टी क्लब कोलकातालाई पराजित गर्दै मनाङले फाइनल यात्रा तय गरेको हो । उपाधि विजेताले १२ लाख र उपविजेताले छ लाख तथा उत्कृष्ट खेलाडीले एक थान मोटसाइकल प्राप्त गर्नेछन् ।