प्रहरीको कुटाईबाट विर्तामोडका १४ वर्षीय बालक घाइते

विर्तामोड/ विर्तामोड ४ का १४ वर्षीय बालक सन्दीप प्रसाई प्रहरीको कुटाईबाट घाइते भएका छन् । उनलाई प्रहरीले विहीवार राति निर्घात कुटपीट गरेको प्रसाई परिवारले बताएको छ ।

परिवारका अनुसार राति नौ बजे साथीको घरबाट फर्किदै गरेका सन्दीपलाई घरको गेटभित्र छिर्न लाग्दा सादा पोसाकमा खटिएका प्रहरीले समातेका थिए । उनलाई मोटरसाइकलमा हालेर इलाका प्रहरी कार्यालय पुर्याई निर्घात कुटेको बाबु गोपाल प्रसाईले बताए ।

बालका बाबुका अनुसार दुई घण्टा इप्रकामा राखेर कुटेपछि प्रहरीले राति ११ बजे घर नजिकै ल्याएर बालकलाई छोडिदिएको थियो । राति नै उनलाई हस्पिटलमा भर्ना गरिएको छ ।

घटनापछि पीडित परिवार र छिमेकीले कुटपिटमा संलग्न प्रहरीमाथि कार्वाही हुनु पर्ने माग गरेका छन् । विर्तामोड प्रहरी प्रमुखले घटनाबारे अनुसन्धान गर्ने बताएको पारिवारिक स्रोतले जनाएको छ ।