शिव परियारको ‘चारैतिर मैले’ बोलको गीत सार्वजनिक : भिडियोमा रमेश र जुनुको रोमान्स

गित संगीत मनोरञ्जन मोडलिङ

विर्तामोड / झापाली सञ्चारकर्मी तथा मोडल रमेश तिवारी र गायिका जुनु प्रसाईद्धारा अभिनित ‘चारैतिर मैले’ बोलको गितको म्युजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ ।

गजल शिव परियारले गाएका छन् । उक्त गजलमा चर्चित संगीतकार राम सिटौलाको संगीत रहेको छ भने बिमल गौतमको शब्द रहेको छ ।

गजल भित्रको बिमल भन्ने एल्बममा समावेस गरिएको सो गीतको भिडियो अर्जुन सापकोटाले खिचेका हुन् । म्यूजिक भिडियोको निर्देशन सुन्दर लावतीले गरेका छन भने अर्जुन सापकोटाले छायाङ्कन तथा अर्जुन पोख्रेलले सम्पादन गरेका हुन् ।

भिडियो झापामा सुटिङ भएको हो । भिडियोमा रमेश र जुनुको रोमान्स देख्न पाइन्छ । तिवारी मोफसलमै रहेर म्यूजिक भिडियो र सञ्चार क्षेत्रमा क्रियाशिल छन् ।