झापा जाँदै गरेको टाटा सुमो दुर्घटनामा ६ जनाको मृत्यु

पत्रपत्रिका प्रदेश

धनुषा / काठमाडौंबाट झापा जाँदै गरेको बा ९ च ३३१४ नम्बरको टाटासुमो शनिबार बिहान २ बजे दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

तीब्र गतिमा रहेको टाटा सुमो अनियन्त्रित भएर धनुषाको गणेशमान चारधाम नगरपालिका– ८ स्थित पूर्वपश्चिम राजमार्गको पोर्ताहामा दुर्घटना भएको उद्दारमा सक्रिय प्रहरी निरीक्षक माधवराज काफ्लेले जानकारी दिए ।

 दुर्घटनामा संखुवासभाको धर्मदेवी– ९ का २९ वर्षीय नयाराज जीवी, विराटनगर– ४ का ३५ वर्षीया शारदा रेग्मी दाहाल, खोटाङ निर्मलीडाँडाका २७ वर्षीय ज्ञानबहादुर चौहान, मोरङका ३३ वर्षीय प्रल्हाद न्यौपाने, मोरङको लेटाङ– ८ का खेमकुमार राना मगर र पाँचथरको रवि गाउँपालिका– ६ का प्रनिता राईको मृत्यु भएको छ । दुर्घटनामा घाइते ५ जनाको उद्दार गरिएको छ । कान्तिपुर