डस्विन राख्दै सरसफाईमा गरामनीका युवा

जीवनशैली समाज स्थानीय

हरी बराल-
गरामनी / विर्तामोड नगरपालिका वडा नं ७ खालबाडीका वभिन्न स्थानमा शनिबार सरसफाई सँगै ठाँउ ठाँउमा फोहर संकलनका लागि डस्विन राखिएको छ ।

खालबारी क्षेत्रको बाटो तथा चोक सरसफाई गर्ने उद्देश्यले स्थानिय खालबाडी युवा समुहको सक्रियतामा डस्विन राख्ने कार्य सम्पन्न भएको हो । यो भन्दा एक महिना अगाडि पनि खालवाडि युवा समुहले टोल सरसफाई कार्यक्रम राखेको थियो ।

शनिबार आयोजित सरसफाई कार्यक्रममा खालवाडि टोलको केन्द्र मिलडाँडा को उत्तरदेखी दक्षिण हर्चना सम्म सरसफाई गरीएको छ । खालबाडीका एक सय भन्दा बढी स्थानियको सहभागितामा डेढ किलोमिटर बाटो सरसफाई गरिएको थियो ।

युवाकै सक्रियतामा फोहोर व्यवस्थापनका लागि शनिबार बाटो क्षेत्रमा थप २ वटा डस्विन राखीएको छ । यसअघिको कार्यक्रममा ३ वटा डस्विन राखिएको थियो । आफ्नो टोल आफै सुन्दर बनाउने अभियान अन्तर्गत माघ १३ गतेदेखि महिनामा एक पटक सरसफाई गरिदै आएको छ ।