‘बिर्तामोड सन्देश’को प्रकाशन सुरु

व्यापार व्यवसाय समाचार स्थानीय

बिर्तामोड / बिर्तामोडबाट ‘बिर्तामोड सन्देश’ त्रैमासिक बुलेटिनको प्रकाशन शुरु भएको छ ।
बिर्तामोडको सेरोफेरो र उद्योग व्यवसायसँग सम्बन्धित विषय समेट्ने गरी बिर्तामोड उद्योग वाणिज्य संघले उक्त बुलेटिनको प्रकाशन शुरु गरेको हो ।

बिर्तामोड नगरपालिकाका मेयर धुवकुमार शिवाकोटी, बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई लगायतले शनिवार उक्त बुलेटिनको सामुहिक रुपमा विमोचन गरे ।

उद्योग व्यवसायको प्रबद्र्धनमा टेवा पु¥याउन र संघका गतिविधि हरेक उद्योगी व्यवसायीमाझ सम्प्रेषण गर्न बुलेटिन प्रकाशन गरिएको अध्यक्ष भट्टराईले जानकारी दिए ।

बुलेटिन प्रकाशनका लागि संघले सञ्जीव घिमिरेको संयोजकत्वमा ५ सदस्यीय समिति बनाएर काम शुरु गरेको हो । जसको सदस्यहरुमा खगेन्द्र खरेल, उर्मिला विमली खरेल, राजकुमार साह र कुशल खतिवडा रहेका छन् ।

बिर्तामोड सन्देश बुलेटिनको सम्पादकमा एकराज गिरी, फोटोपत्रकार विनोद पाण्डे ‘कमल’, डिजाइनमा सन्तोष अधिकारी तथा प्रतिनिधिहरुमा राजु गौतम र सुनिल विश्वकर्मा रहेका छन् ।

रंगीन कलेवरमा रहेको बिर्तामोड सन्देशको पहिलो अंक ४० पृष्ठको रहेको छ । बिर्तामोडको सेरोफेरो तथा उद्योग व्यवसायसँग सम्बन्धित विविध लेख, रचना उपलब्ध गराउन संयोजक घिमिरेले अपिल समेत गरेका छन् ।