भारतको दिल्लीमा ८ महिनाकी शिशु बलात्कृत

भारतको उत्तर पश्चिम दिल्लीको सकुर बस्तीमा ८ महिनाकी शिशु बलात्कृत भएकी छन् ।
उनको यौनाङ्गमा चोट लाग्नुका साथै अत्याधिक रक्तश्रावका कारण अवस्था गम्भिर रहेको एक वरिष्ठ प्रहरी अधिकारीले डाक्टरको भनाई उदृत गर्दै भनेका छन् ।

उनको अहिले सर्जरी गरिएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

बलात्कारको आशंकामा उनको काकाको छोरालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार आइतबार विहान पीडितकी आमाबाबु सानी नानीलाई दुई छोरीहरुसँग छोडेर काममा गएका थिए ।

उनीहरु घरको पहिलो तलामा बस्थे भने ग्राउण्ड फ्लोरमा परिवारका अन्य सदस्य पनि थिए । तर, साँझ कामबाट फर्किँदा छोरी रगताम्मे अवस्थामा भेटिएकी थिइन् ।

शिशुलाई काकाको छोराले घरको अर्को भागमा लगेर बलात्कारको प्रयास गरेको अभियोग लागेको छ । बालिका बेहोस हुनका साथै रत्तस्राव भएपछि छाडेर भागेका थिए । उनलाई अर्को दिन मात्र पक्राउ गरिएको हो । विवाहित उनले आफ्नो अपराध स्वीकार गरेको समेत प्रहरीले बताएको छ ।