इलाममा १६ बर्षीय किशोरी बेपत्ता

प्रदेश बाल बालिका समाचार

इलाम / सूर्योदय नगरपालिका–८ इलामकी एक किशोरी चार दिनदेखि बेपत्ता भएकी छन् ।

१६ वर्षीय समिक्षा बस्नेत बेपत्ता भएकी हुन् । उनी ईलाम नगरपालिका ३ पुवामझुवास्थित आफन्तकहाँ बस्दै आएकी थिइन् ।

नेपालटार माविमा कक्षा ११ मा अध्ययन गरिरहेकी बस्नेत विद्यालयबाट नफर्किएपछि आफन्त र परिवारले खोजतलास गरे पनि पत्ता लाग्न नसकेको उनका फूपाजु लीलाबहादुर खत्रीले बताए ।

खोजतलास गर्दा पनि फेला नपरेपछि सोमबार आफन्तले जिल्ला प्रहरी कार्यालय इलाममा खोजिदिन आग्रह गर्दै निवेदन दिएका छन् । रासस