तेजकुमार खवासको गीत ‘उजाड मेरो’ मा ‘सञ्जय र मेलिना’ ले रोमान्स गर्ने

गित संगीत मनोरञ्जन मोडलिङ

विर्तामोड / गायक तेजकुमार खवासको आवाजमा रहेको ‘उजाड मेरो’ गीतको बुधबारदेखि भिडियो सुटिङ हुने भएको छ ।
काठमाण्डौंको गोदाबरीमा गीतको सुटिङ गरिने गायक तथा कम्पोजर खवासले बताए ।

प्रकाश धितालले निर्देशन गर्ने उक्त भिडियो उत्सव दाहालले खिच्ने छन् भने निशान घिमिरेले सम्पादनको जिम्मा लिने गायक खवासले बताए ।

सञ्जय पौडेल र मेलिना राइको अभिनय रहने सो गितको शव्द शिवकुमार दनुवारले लेखेका हुन । उजाड मेरो बोलको सो गीत गायक खबासको ‘ह्यापी’ एल्बममा समाबेस छ ।