रोकिएन जंगली हात्तिको आतंक, स्थानीयको घर हात्तिले दैनिक भत्काउदै

कचनकवल झापा / जंगली हात्तिको आतंक नरोकिदा झापा कचनकवल गाउपालीकाका सर्वसाधारणको  दैनिकी कष्टकर बन्दै गएको छ ।

बिहीबार राती फेरी चारकोशे झाडिमा रहेका जंगली हात्तिले कचनकवल वडा नम्बर ३ का स्थानियको घर भत्काउनका साथै धान चामल खाईदिदा २ लाख ५० हजार बढिको क्षती भएको छ ।

हात्तिले स्थानिय होम प्रसाद पोख्रेलको घर भत्काएको छ भने डिल्ने सापकोटाको घरको बरान्डा भत्काउनका साथै भण्डारणगरि राखिएका धान र चामल खाएको छ ।

त्यस्तै मंग्लु राजवंशी र मनप्यारी राजवंशीको घरमा राखिएको धान खाई दिदा अढाई लाख बढिको क्षती भएको स्थानिय संकर भट्टराईले जानकारी दिए ।

यसैबिच रातिको समयमा हात्ति धपाउन स्थानीय प्रशासनलाई जानकारी गराए पनि कुनै प्रकारको सहयोग नपाउदा स्थानीय आक्रोसित भएका छन् । हात्ति समस्या समाधानका लागी तत्काल कुनै पहल नगर्दा स्थानियहरुमा झनै पिडा थपिएको छ ।