सञ्जय तुम्रोकको आवाजमा रहेको ‘पहिलो नम्बरमा’ गीतको अडियो रिलिज

विर्तामोड / झापाली गायक सञ्जय तुम्रोकको आवाजमा रहेको ‘पहिलो नम्बरमा’ गीतको अडियो सार्वजनिक भएको छ । गायक तुम्रोकले शुक्रबार बेलुका आफ्नै यूटुब च्यानल मार्फत अडियो सार्वजनिक गरेका हुन् ।

डिपी खनालको शव्द रहेको उक्त गीतमा स्वर र संगीत दुबै गायक तुम्रोककै रहेको छ । रिकेश गुरुङले एरेञ्ज गरेको सो गीतको रञ्जीतबल्लभ उप्रेतीले रेकर्डिङ गरेको गायक तुम्रोकले बताए ।

गीत डान्सिङ प्याट्रनमा भएको हुनाले बजारमा राम्रै छाप छोड्ने अपेक्षा राखेको गायक तुम्रोकको भनाई छ । गीतको म्यूजिक भिडियो पनि चाडै तयार गर्ने उनले बताए ।

तुम्रोकले यस अघि खनालकै शव्दमा रहेको ‘खेलौना होइन म कुनै’ बोलको गीतमा पनि स्वर दिएका थिए । म्यूजिक भिडियो समेत सार्वजनिक भइसकेको सो गीतले राम्रो चर्चा कमाएको थियो ।  (भिडियो लिङक ) https://youtu.be/2ABsFfgC7xg