तहल्का खबर डटकम की सञ्चालक सदस्य शुष्मा राजवंशी पुरस्कृत

विर्तामोड / तहल्का खबर डटकम की सञ्चालक सदस्य शुष्मा राजवंशी धनमायाँ सकृय महिला पत्रकारीता पुरस्कारबाट सम्मानित भएकी छन् ।
जयन्द्र प्रसाद प्रसाईं साहित्य सेवा कोष झापाद्वारा शनिबार विर्तामोडमा आयोजित दीर्घ साहित्य सेवा सम्मान , उत्कृष्ट कृति तथा सकृय महिला पत्रकारिता पुरस्कार प्रदान समारोहमा राजवंशीलाई सम्मान गरिएको हो ।

झापामा रहेर सक्रिय पत्रकारीता गरिरहेकी राजवंशीलाई कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक मोहन भण्डारीले नगद १५ हजार, सम्मान पत्र र दोसल्ला ओडाई सम्मान गरेका हुन । राजवंशी तहल्का खबर डटकम र सनराइज एफएममा आबद्ध छिन ।

त्यसै गरी संस्थाले विष्णु चन्द्र पद्मा दीर्घ साहित्य सेवा सम्मान विराटनगर निवासी सोमराज अभय (कट्टेल) लाई प्रदान गरेको छ । अभयलाई नगद २१ हजार रुपैया, सम्मान पत्र साथै दोसल्ला ओडाई प्रमुख अतिथि भण्डारीले सम्मान गरका थिए ।

कार्यक्रममा कृतितर्फ उत्कृष्ट कृति इति का लागि आख्यानकार उमा सुवेदीलाई सम्मान गरिएको थियो । सुवेदीलाई पनि प्राध्यापक भण्डारीले नगद २१ हजार रुपैयाँ,सम्मान पत्र तथा दोसल्ला ओडाएर सम्मान गरेका थिए ।

कोषका अध्यक्ष गोपिकृष्ण प्रसाईको अध्यक्षतामा पुरस्कार वितरण समारोहको आयोजना गरिएको थियो ।