भेनस सुन्दरपानीलाई हराउँदै आइतबारे सेमीफाइनलमा

खेलकुद प्रदेश स्थानीय

सुजन तिम्सिना –

करफोक / करफोकमा संचालित टुर्वोग सुर्योदय नगरकप फुटबल २०७४ अन्तर्गत शनिबारबाट क्वाटरफाइनल समिकरण सुरु भएको छ । क्वाटरफाइनल  अन्तर्गत पहिलो खेलमा भेनस सुर्योदय नगरपालिका–९ सुन्दरपानीलाई ट्राइबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै आइतबारे एफसी सुर्योदय नगरपालिका–११ सेमीफाइनल प्रवेश गरेको छ ।

खेलको पहिलो मिनेटमा सन्जोक खडकाको गोलबाट भेनसले अग्रता लिएको थियो । खेलको १२ औ मिनेटमा आशिष चापागाईले खेल बराबरीमा ल्याएका थिए । त्यसपछि ३४ औ मिनेटमा एन्जल गुरुङले गोल गरेपछि आइतबारेले २–१ को अग्रता बनाएको थियो । खेलको दोश्रो हाफमा भेनसका मनिस थापाले गोल गर्दै खेल ट्राइबेकरमा पु¥याएका थिए ।

क्वाटरफाइनल अन्र्तगत आइतबार खेल क्रोकोडाइल सालामन्डर सुर्योदय नगरपालिका–१ र सहारा स्पोर्टिङ,सुर्योदय नगरपालिका– ५ बिच हुनेछ । समृद्ध सुर्योदय अभियान, सुर्योदय नगर खेलकुद बिकास समिती र सुर्योदय होटल ब्यवसायी संघको संयुक्त आयोजनामा गत माघ १६ गतेबाट सुरु भएको प्रतियोगितामा सुर्योदय नगरपालिकाभरीका १६ टिमको सहभागीता रहेको छ ।

स्थानिय स्तरमा रहेका प्रतिभाहरुको उजागर गर्ने उद्धेश्यका साथ सुरु भएको प्रतियोगिताको बिजेताले नगद १ लाख र उपबिजेताले नगद ५० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समितीका सदस्य युवराज प्रधानले बताए ।