झापाको मेचीनगरबाट लागुऔषध सहित तीन जना पक्राउ

मेचीनगर / झापाको मेचीनगरबाट लागुऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर- ६ जोरसिमल र भन्सार गेट नजिकैबाट झापा दमक नगरपालिका–१ का १९ बर्षीय प्रवीण तामाङ, कमल गाउँपालिका–३ का २४ बर्षीय चक्र बहादुर माबो र झापा शिवसताक्षी–३ बस्ने २९ बर्षीय प्रदिप गुरुङलाइ शनिबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीले प्रविणको साथबाट डाइजेपाम, लुपिजेसिक,फेनारागन गरि जम्मा ३९ / ३९ एम्पुल , चक्र र प्रदिपको साथबाट डाईजपाम ३ एम्पुल, लुपिजेसिक ३ एम्पुल र फेनारगन ३ एम्पुल बरामद गरेको छ ।

पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।