मानव बेचबिखन तथा ओसार पसारमा संलग्न दुई अभियुक्त जेल चलान

समाचार समाज स्थानीय

विर्तामोड / झापा जिल्ला अदालतले मानव बेचबिखन तथा ओसार पसार मुद्दाका अभियुक्त दुई जनालाई सोमबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ ।

कन्काई नगरपालिका ४ घर भई अर्जुनधारा ११ नयाँ बसपार्कमा एवान होटल एण्ड लज सञ्चालन गर्दै आएका ३८ वर्षीय राजकुमार सिटौला र तेह्रथुम आठराई गाउँपालिका ७ घर भई बसपार्कमै आठराई पाँचथर होटल एण्ड लज सञ्चालन गर्दै आएकी बर्ष ३५ की रिता भन्ने सिता कटवाललाई थुनामा राख्ने आदेश दिएको हो ।

अभियुक्त दुबै जनाले परिवर्तित नामका युवती अनिता, अनु र मनिषालाई विभिन्न होटलमा लगी जबरजस्ती शारीरिक सम्पर्क, बेश्याबृति तथा यौनजन्य कृयाकलाप गर्न लगाई आर्थिक लाभ लिई मानव बेचबिखन तथा ओसारपसार गरेको भन्ने पीडितको जाहेरीको आधारमा पक्राउ गरिएको थियो ।

अभियुक्त राजकुमार सिटौला तत्काल बसपार्कबाट र सीता कटवाल माघ १५ गते काठमाण्डौबाट पक्राउ परेका थिए । जिल्ला अदालत झापाले उनीहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।