पत्रकार माया पकुवालको उपचारार्थ यूएईमा रकम संकलन हुँदै

आर्थिक समाचार देशबाहिर समाचार स्वास्थ्य

रुपेश अधिकारी-

यूएइ / दुवै मृगौला फेल भई उपचाररत नेपाल पत्रकार महासंघ झापा शाखाकी सदस्य माया पकुवालको उपचार सहयोगार्थ यूएइमा रमक संकलन गरिएको छ ।

झापाली समाज युएई र क्षेत्रीय समिति अबुधाबीले गरेको बनभोज कार्यक्रममा पत्रकार राम परियार, जगत लुइँटेल र शेषराज न्यौपानेको पहलमा रकम संकलन गरिएको थियो ।

अभियानबाट १ हजार ८८ दिराम रकम संकलन भएको जगत लुइँटेलले बताए । पकुवाल दुवै मृगौला खराब भएर भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा उपचाररत छिन् ।

झापाली समाज युएई र क्षेत्रीय समिति अबुधाबीले अबुधाबीको खालिफा पार्कमा संस्थामा आवद्ध सदस्य र अन्य नेपाली बीच एकता, मिलन र सहकार्य बढाउने उद्देश्यले वनभोजको आयोजना गरेको झापाली समाज क्षेत्रीय समिति आबुधाबीका अध्यक्ष हिमाल अधिकारीले जानकारी दिए ।

यसैबीच, पत्रकार पकुवालको उपचार सहयोगार्थ नेपाल पत्रकार महासंघ युएई शाखा र झापाली पत्रकार युएईको समुहले संयुक्त रुपमा रकम संकलन अभियान चलाई रहेका छन् । पत्रकार जन्य संगठनबाट केही रकम जुटेको छ ।

साथै दुबइमा रहेका जिल्लागत सामाजिक संघसस्था, राजनीतिकदल र केही समाजसेवीबाट समेत सहयोगको प्रतिवद्धता आएको माया पकुवाल सहयोग समितिका संयोजक पत्रकार दिनेश आचार्यले बताए

प्रतिवद्धता जनाइएको रकम साता भित्र संकलन गर्नेगरी सहकार्य भइरहेको जनसम्पर्क प्रमुख पत्रकार रामप्रसाद ढुंगेलल बताए ।  शुभदिन