के तपाइमा सधैँ जीवित रहने इच्छा छ ? अल्कोरले गर्छ, मृत्युपछि जीवितको आशामा शव संरक्षण

के तपाइमा सधैँ जीवित रहने इच्छा छ ? यदी तेसो हो भने अरिजोनास्थित कम्पनी ‘अल्कोरले’ तपाईको इच्छा पुरा गर्न सक्छ ।

भविष्यमा प्रविधिको विकाससँगै पुनर्जीवन प्रदान गर्ने उद्देश्यसहित अरिजोनास्थित कम्पनी अल्कोरले आफ्ना सदस्यलाई मृत्युपछि उनीहरूको शरीरलाई सशुल्क शीत संरक्षण गर्ने सुविधा दिएको बिबिसीले जनाएको छ।

यहाँ शरिरहरु तरल नाइटोजनमा –२०० डिग्री सेन्टीगेटमा भण्डारण गरिन्छ । शित प्रविधीबाट गरिने यस्तो संरक्षणमा २ लाख डलर तिर्नु पर्छ । यो कक्षमा अहिले १५४ जनालाई संरक्षण गरि राखिएको छ ।

अहिले यसरी संरक्षण गरिएका शवलाई ब्युँताउँने कुनै उपाय त छैन तर पछि त्यसो गर्न सकिन्छ भन्नेमा अल्कोर् आशावादी छ।

संरक्षणका लागि प्रयोग गरिएका विधिहरू शरीरलाई हानिबाट जोगाउन र पछि ब्युँताउँन पर्याप्त छैनन् कि भनेर केही वैज्ञानिकहरूले शङ्का व्यक्त गरेका छन्। बिबिसी