नारी सञ्चार गृहको अध्यक्षमा भण्डारी सर्वसम्वत

समाचार समाज स्थानीय

विर्तामोड / झापाली पत्रकार महिलाहरुको छाता संगठन नारी सञ्चार गृहको अध्यक्षमा अम्बिका भण्डारी सर्वसम्वत चयन भएकी छिन् ।

गृहको दोस्रो अधिवेशनले भण्डारीलाई तीन बर्षे कार्यकालको लागि अध्यक्षमा चयन गरेको हो । संस्थाको उपाध्यक्षमा भीमा शिवाकोटी, सचिवमा रेजिन गौतम, सहसचिवमा स्वस्तिका आचार्य र कोषाध्यक्षमा सुशीला संग्रौला सर्वसम्वत चयन भएको निर्वाचन समितिकी संयोजक भवानी क्षेत्रीले बताइन् ।

क्षेत्रीको संयोजकत्वमा रहेको निर्वाचन समितिमा इन्दू पूर्वेली, लीला अनमोल सदस्य रहेका थिए । ११ सदस्यीय कार्य समिति रहेको समितिको सदस्यहरु पहिलो बैठकले मनोनित गर्ने भएको छ ।