नेपाली कथानक चलचित्र ‘गाँजा बाजा’ को ट्रेलर सार्वजनिक, ट्रेलरमा अस्लिल शव्दको डाइलग

विर्तामोड / नेपाली कथानक चलचित्र ‘गाँजा बाजा’ को ट्रेलर शुक्रबार सार्वजनिक भएको छ । तुका इन्टरटेन्मेन्ट एण्ड डिआर फिल्मसको प्रस्तुती रहेको उक्त चलचित्रको गणेशदेव पाण्डेले लेखन तथा निर्देशन गरेका छन् ।

हालका युवायुवतीले बोल्दा प्रयोग गर्ने शव्दहरुलाई जस्ताको त्यस्तै प्रस्तुत गरेर चलचित्रको टेलर सार्वजनिक गरिएको छ । गाँजा खाने युवाहरुले बोल्ने अस्लिल शव्दहरु सहितको दृश्य ट्रेलरमा देखाइएको छ । सार्वजनिक गरिएको ट्रेलर हेर्दा निक्कै अस्लिल लाग्छ ।

चलचित्रमा अनुपम शर्मा, शुसिला सिटौला, वर्षा सिवाकोटी, रवीन थापा, उद्दवराज भट्टराई, अम्बर सुबेदी, गोपाल अर्याल, रक्षा श्रेष्ठ, कुविर सुव्वा, रन्धिर शाह, शुष्मा पाख्रिन, प्रकाश भुजेल, राजु थापा, श्याम भण्डारी, देवकुमार श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् ।

गोमा विष्ट थापा, दिपेन्द्र रेग्मी, नरेश पाण्डे,महेश चालिसे, नारायणप्रसाद पाण्डे लगायतको टिमले चलचित्र निर्माण गरेका हुन् । निख एण्ड जताले संगीत गरेको ‘गाँजा बाजा’ चलचित्र फागुन २५ देखि प्रर्दशनमा आउने बताइएको छ।