कमलको आवाजमा नयाँ गीत ‘माया गर्छु’ सार्वजनिक

काठमाण्डौ/ गायक कमल के. क्षेत्रीको आवाजमा माया गर्छु बोलको गीत सार्वजनिक भएको छ। क्षेत्रीको शब्द तथा संगीत रहेको गीतलाई शैलेन्द्र एम प्रधानले एरेन्ज गरेका छन्।

भिडियोमा मोडल कुशल गुरुङ र रबि आरएनले अभिनय रहेका छन्। गीतमा माया प्रेममा सौगातलाई कलात्मक रुपमा अभिब्यक्त गरिएको छ। बिनय कंशाकरको सम्पादन रहेको भिडियोलाई नरेन लिम्बुले निर्देशन गरेका हुन्। भिडियोमा अंग्रेजी उपशीर्षक पनि समावेश गरिएको छ। डिसी नेपाल