पारस लामाको ‘वाउ क्या राम्री सोल्टिनी नानी’ को म्यूजिक भिडियो सार्वजनिक

युएई / गायक पारस लामाको आवाजमा रहेको ‘वाउ क्या राम्री सोल्टिनी नानी’ बोलको गीतको म्यूजिक भिडियो शुक्रबार सार्वजनिक भएको छ ।

२०१६ मा दुवईको करामा भन्ने ठाँउमा रहेको स्टुडियो ९ मा रर्कड भएको उक्त गीतको म्यूजिक भिडियो यूटुब मार्फत एबी प्रेजेक्टले सार्वजनिक गरेको हो ।

गीतमा ज्ञानेन्द्र तामाङको शव्द र टंक बुढाथोकीको संगीत रहेको छ । म्युजिक भिडियोमा रिया श्रेष्ठ, दुर्गा क्षेत्री, पुजन श्रेष्ठ र केशव कट्वालको अभिनय रहेको छ ।

लोकपप विद्यामा रहेको गीतको भिडियोबाट माया प्रेमको विषयलाई प्रस्तुत गरिएको गायक लामाले बताए । दुवईको विभिन्न पार्कमा छायांकन गरिएको भिडियोलाई श्री कृष्ण भट्टराईले क्यामेरामा कैद गरेका छन् ।

एबी प्रेजेक्टको व्यानमा निर्माण भएको भिडियोको सम्पादन देव श्रेष्ठले गरेका हुन् भने बजार व्यवस्थापन पनि एबीले लिएको छ ।

२०३९ सालमा पाँचथरको मौवामा जन्मिएका पारस आफुलाई लोकपप र आधुनिक विधाको गीतमा बढि झुकाव भएको बताउँछन् । १५ वर्ष अघि विदेश छिरेका पारस विदेशबाटै नेपाली संगीतमा आफुलाई स्थापित गराउन लागि परेका छन् । यसअघि उनले नावा खोला गडतिर बोलको गीत बजारमा ल्याएका थिए ।