अपडेट : नेपाल र यूएइ बिच खेल जारी, नेपालले लियो ३ विकेट

विर्तामोड / आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूमा अहिले नेपाल र यूएयबिच खेल भइरहेको छ । खेल निर्धारित समय भन्दा ३ घण्टा ढिलो गरी शूरु भएको थियो । खेल ढिलो सुरुभएपछि खेललाई ३४ ओभरमा छोट्याइएको छ ।

१३ ओभरको खेल चलिरहँदा यूएईले ३ वीकेट गुमाएर ४० रन जोडेको छ । यूएईले आफ्नो ओपनर व्याट्समेनलाई पहिलो ओभरमै गुमाएको थियो ।

नेपालका बलर सोमपाल कामीले यूएईका ओपनर आउट गरेका थिए । सोमपालले २ विकेट लिएका छन् भने करण केशीले १ विकेट लिएका छन् ।

नेपालले टस जितेर फिल्डिङ रोजेको हो । खेल नामिबियामा भइरहेको छ ।